सुर्खेतका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

नेपालगञ्‍ज-सुर्खेतका ७१ वर्षीय कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ का ७१ वर्षीय पुरुषको आज विहान भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बृद्धलाई पुस २७ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । उनलाई कोरोना पोजिटिभ रिपोर्ट आएपछि भेरीमा रिफर गरिएको थियो । बिरामीको आज ६ बजेर पाँच मिनेटमा मृत्यु भएको छ।

बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन आउदा ८५ जनाको मृत्यु भइसकेको छ ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्