प्रदर्शन शाकाहारी नहुने प्रचण्डको चेतावनीपछि सडकमा सुरक्षाकर्मीको उपस्थिति र सतर्कता बढाइयो

काठमाडौँ- नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले शुक्रबार काठमाडौँमा गर्ने विरोध प्रदर्शन आक्रमक हुन सक्ने विश्लेषणसहित प्रहरीले सडकमा बाक्लो संख्यामा सुरक्षा उपस्थिति बढाएको छ।

प्रदर्शनको क्षेत्रलाई ध्यान दिएर प्रहरी परिचालन गरिएको काठमाडौँ प्रहरी परिसर स्रोतले जनाएको छ। १५ सयभन्दा बढीको संख्यामा प्रहरी परिचालन भएको बताइएको छ। सडकमा ट्राफिक प्रहरीले समेत टाउकोमा हेल्मेट लगाएका छन्।

प्रचण्डले यसघि आफ्नो टाउको चिलाएको र लाठी खान मन लागेको अभिव्यक्ति दिएका थिए। यस्तै आफ्नो आन्दोलन शाकाहारी हुँदा हेपेको भन्‍ने उनको अभिव्यक्ति थियो।

प्रतिनिधी सभा विघटन गर्ने आफ्नै पार्टीका प्रधानमन्त्रीको निर्णयविरुद्ध प्रचण्ड-नेपाल समूह आन्दोलनमा छन्।

गत पुष ५ गते प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसै दिन अनुमोदन गरेकी थिइन्।

यो निर्णयका विरुद्ध परेको रिटमा अहिले सर्वोच्च अदालतमा बहस चलिरहेको छ। पछिल्लो समय प्रचण्ड र ओलीबीच व्यक्तिग  तवरले वाकयुद्ध चलिरहेको छ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्