प्रचण्ड-नेपाल समूहले भाषण गर्न मुख्य सडकको बीचमै बनायो मञ्‍च, सवारी आवागमन अस्त-व्यस्त

काठमाडौँ- नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहल‍े शुक्रबार गरिरहेको विरोध प्रदर्शनका लागि भाषण गर्न मुख्य सडकको बीच भागमा मञ्‍च तयार गरिएको छ।

यसले टुडिखेलको वरिपरिको सडक भएर जाने विभिन्न ठाउँका यात्रु र सवारी प्रभावित बनेका छन्। रत्नपार्कबाट  भद्रगाली आउने सडकको प्रदर्शन मार्ग प्रवेश गर्ने र भन्द्रगाली जाने विन्दुमा मञ्‍च तयार गरिएको छ।

यो सडक खण्ड रत्नपार्कबाट ललितपुर र भक्तपुर जाने सवारीका लागि प्रयोग हुन्छ। माइतिघर, बानेश्वरका लागि छुटिने सवारी पनि यही बाटो भएर जाने गर्छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यतिबेला उपत्यकाका सबैजसो मुख्य सडकमा सवारी आगमन प्रभावित भएको छ। यसले गर्दा विरामी बोकेर अस्पताल जाने एम्बुलेन्ससहितका आपतकालिन् सेवाहरु प्रभावित बनेका छन्।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्