प्रदेश सरकारमा जाने देउवाको प्रस्ताव कांग्रेस नेताहरुद्वारा अस्वीकार

फाइल तस्बिर।

काठमाडौँ- प्रदेश-१ र बागमती प्रदेश सरकारमा सहभागी हुन कांग्रेसका सभापति शेरबहहादुर देउवाले कांग्रेसका नेताहरुसँग छलफल गरेका छन्।

देउवाले शुक्रबार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका हुन्।

छलफलमा देउवाले कांग्रेसका नेता समक्ष प्रदेश सरकारमा सहभागी हुनेबारे ओलीले ल्‍याएको प्रस्ताव राखेका थिए। तर जवाफमा कांग्रेसका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमा असहमति जनाएका छन्।

उनीहरुले केन्द्रीय र प्रदेश सरकारमा कांग्रेसको एउटै नीति हुनु पर्ने भन्‍दै उक्त प्रस्तावमा सहमत हुन नसक्‍ने बताएको कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए।

उनले भने, ‘सभापति देउवाको प्रस्तवामा कांग्रेसका केन्द्रीय सदस्यहरुले अहसमति जनाएका छन्। केन्द्र र प्रदेश सरकारमा कांग्रेसको नीति एउटै हुनु पर्ने माग गरेका छन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा दुई धारमा विभाजित भएको छ जसले प्रदेश १ र बागमती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्