बागमती प्रदेशका मुख्यमन्त्री पौडेलबिरुद्ध अविश्वास प्रस्ताव संसदमा पेश

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार संसदमा अविश्वासको प्रस्ताव पेश भएको छ।

यसबारे माघ १९ गते छलफल हुने बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्।

सभामुख श्रेष्ठले देशसञ्चारसँग जानकारी दिँदै मुख्यमन्त्री पौडेलबिरुद्ध बागमती प्रदेशमा अविश्वास प्रस्ताव पेश गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले बागमती प्रदेशमा सहकार्य गरेर जान कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह पनि गरेको बुझिएको छ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्