केपी ओलीसँग सानो अरिंगालको झुण्डमात्रै छ, साइबर सेना मात्रै छः माधव नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पक्षमा पूरा बहुमत रहेको र केपी ओलीको पक्षमा अरिंगालको झुण्ड मात्रै भएको बताएका छन्।
दाहाल–नेपाल पक्षले शुक्रबार काठमाडौँमा आयोजना गरेको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
उनले भने, ‘जनता आन्दोलित भइरहेका छन्। देशभरका कार्यकर्ताहरु हाम्रो पक्षमा छन्। नेकपाको पूर्ण बहुमत हामीसँग छ। केपी ओलीसँग सानो अरिंगालको झुण्ड मात्रै छ। साइबर सेना मात्रै छ।’
उसले सूर्य चिह्नमा दावी नगर्नसमेत ओलीलाई चेतावनी दिएका छन्। ओलीका अरिंगालहरुलाई सूर्यको ज्वालामा जलाएर भष्म बनाउने नेपालको चेतावनी छ।
ओलीलाई सूर्य चिह्न, संघीयता, गणतन्त्रप्रति कुनै माया नभएको उनले बताए।