प्रधानमन्त्री ओली ‘साइबर स्यालका नेता’ रहेको नेता भुसालको आरोप

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली ‘साइबर स्यालका नेता’ रहेको बताएका छन्।

प्रदर्शनपछि आयोजित प्रतिनिधिसभा बिरुद्धको विरोधसभामा बोल्दै नेता भुसालले ओलीले सेटिङमा काम गरिरहेको आरोप लगाए।

उनले ओलीको संविधान विघटनको कदम नाजायज रहेको उल्लेख गर्दै ओलीले सबैतिर प्रभाव पार्ने काम गरिरहेको आरोप लगाए।

‘ओलीको कदम नाजायज छ। यो कदम उल्टाउनु पर्ने छ,’ उनले भने।

‘अब ओलीसामु साइबर सेना नामक साइबर स्याल र सेटिङको प्रपञ्च मात्र सहारा बाँकी रहनेछन्,’ उनले भने।

उनले संविधान च्यातेर, पानीमा भिजाएर निर्वाचन हुन नसक्ने जिकिर पनि गरे।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्