भारतीय भजन गायक नरेन्द्र चञ्चलको निधन

काठमाडौँ-  धार्मिक गीत र भजनहरुका लागि प्रसिद्ध भारतीय गायक नरेन्द्र चञ्चलको ८० वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको हो। पछिल्लो तीन महिनादेखि उनी बिरामी थिए।

चञ्चलले कयौँ भजन तथा हिन्दी फिल्मका गीत गाएका छन्।

चञ्चलले सन १९७३ मा बबी फिल्मका लागि ‘बेसक मन्दिर मस्जिद’नामक एक बलिउड गीत गाए जसका लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ पुरुष प्लेब्याक सिंगर अर्वाड समेत जितेका थिए।

उनले ‘मिडनाइट सिंगर’ भन्ने आत्मकथा पनि प्रकाशित गरेका छन् जसले उनको जीवनका उतारचढावलाई प्रस्तुत गर्छ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्