ओलीको एकमात्र मिशन मलाई सिध्याउने होः प्रचण्ड

तस्बिरः बर्षा शाह।

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको एकमात्र उद्देश्य आफूलाई  सिध्याउने रहेको बताएका छन्।

नेकपा दाहाल–नेपाल  समूहले शुक्रबार राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘चाहे राजावादीसँग मिलेर होस्, चाहे दक्षिणपन्थीहरुसँग मिलेर होस्, जोसँग मेलेर भएपनि प्रचण्डलाई सिध्याउने ओलीको एकमात्र मिसन हो।’

ओलीले  आफू र माधव नेपालबीच जसरी सकिन्छ फाटो ल्याउन खोजेको उनले बताए।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्