थप सुविधासहित ‘आइएमई पे’को नयाँ एप प्रयोगमा

काठमाडौँ– आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ। एप शुक्रबारबाट प्रयोगमा आएको छ।

एप प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायुक्त हुने र अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री रहेको बताइएको छ।

एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको आइएमई पेले जनाएको छ।

चुस्त कार्यप्रणाली, सेवा क्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ।

उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न सक्नेछन्।
आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरि कारोबार गर्दा प्रतिकारोबार मात्र रू १ बाट सेवाशुल्क शुरू हुनेछ।

आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निःशुल्क हुनेछ।

यो सेवा आफूलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्