सामुदायीक वन क्षेत्रमा चितुवा मृत भेटियो

दाङ – दाङ लमही स्थित अजम्मरी सामुदायीक वन क्षेत्रमा शनिबार चितुवा मृत फेला परेको छ । जंगल गएका युवाले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए ।

दुई दिनअघि चितुवा मरेको अनुमान गरिएको छ । चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुन सक्ने अनुमान छ ।

मृत फेला परेको चितुवालाई डिभिजन वन कार्यालय देउखुरीले व्यवस्थापन गर्ने सहायक वन अधिकृत पुरण चौधरीले जानकारी दिए ।

माघ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्