थप २३२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ।

हाल देशभर ३ हजार ४ सय ५२ सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ५ सय ४१ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ।

माघ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्