जनमुक्ति सेनालाई बालुवाटारमै बोलाएर प्रधानमन्त्रीको आश्वासन- तपाईँहरुका समस्या म समाधान गर्छु

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग बालुवाटारमा छलफल गरेका छन्।

तत्कालीन जनमुक्ति सेनाका विभिन्न तहका कमाण्डरलाई बोलाएर प्रधानमन्त्रीले जनयुद्धका क्रममा खेलेको भूमिकाका विषयमा प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। ‘जनयुद्धमा तपाईंहरुले खेलेको भूमिकाको म प्रशंसा गर्छु, तपाईंहरुको त्याग र बलिदानले देशमा परिवर्तन ल्याउन ठूलो सहयोग गरेको छ’, ओलीले जनमुक्ति कमाण्डरहरुसँग भने।

प्रधानमन्त्री ओलीले जनमुक्ति सेनाका कमाण्डरहरुलाई फकाउँदै पूर्वजनमुक्ति सेनालाई नेतृत्वले पटकपटक धोका दिएको भन्दै उनीहरुको समस्या समाधान गर्ने आश्वासन पनि दिए।

 

 

माघ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्