शानदार पुनरागमन गरि एफए कपमा भ्यानचेस्टर सिटीको प्रभावशाली जित

अन्तिम समयमा शानदार पुनरागमन गरि एफए कप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले चेल्टेनहाम टाउनलाई ३–१ ले पराजित गरेको हो । ५९ औँ मिनेटमा मे को गोलबाट चेल्टेनहाम टाउनले सुरुवाति अग्रता लियो ।

पछि परेको म्यानचेस्टर सिटीले ८१ औँ मिनेटमा फिल फोडिनको गोलबाट खेलमा बराबरी गर्न सफल भयो । ८४ औँ मिनेटमा गाब्रिएल जिसजले गोल गरेर टिमलाई अग्रता दिलाए ।

इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा टोरेसले गोल गरेपछि सिटी ३–१ ले विजयी भयो ।

खेलको अन्तिम ९ मिनेट तथा इन्जुरी समयको केही मिनेट भित्र तीन गोल गरेर सिटीले एफए कपको चौथो चरणमा जित दर्ता गरेको हो ।

शनिबार राति नै भएको खेलमा आर्सनल भने पराजित भएको छ । आर्सनललाई साउथह्याम्पटनले १–० ले पराजित गरेको हो ।

माघ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्