दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

नेपालगञ्ज – दाङका ६५ वर्षीय कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, माघ २ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका पुरुषलाई कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा रिफर गरिएको थियो।

रोगको प्रकृति अनुसार भेरीमा उपचार गरियो । शान्तिनगर–६, दाङका उनको उपचारको क्रममा शनिबार राती मृत्यु भएको छ ।

 

माघ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्