सुदुर पश्चिमसँग हार्‍यो प्रदेश-२,पहिलो चरणबाटै बाहिरियो

सांकेतिक तस्बिर।

काठमाडौँ- प्रदेश-२ प्रधानमन्त्री कप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा सुदुर पश्चिम प्रदेशले प्रदेश-२ लाई तीन विकेटले हरायो। तीन खेल खेल्नेक्रममा सबै खेल हारेको प्रदेश-२ अगाडि नबढ्ने निश्चित भएको हो।

पहिला ब्याटिङ गरेको प्रदेश-२ लाई सुदुर पश्चिमले ४२ ओभरमा एक सय ९५ रनमा सिमित गरेको थियो। प्रदेश-२ का हरिशंकर शाहले सर्वाधिक ६० रन जोडे। विवेक यादबले ४१ रन बनाए। सुधिर चौधरी १, रवि शाह ०, विशाल सुस्लिङ ७, सुरज कुर्मी ७ र मेहबुब आलम २३ रन बनाएर आउट भए। सुदुर पश्चिमका नरेन्द्र साउद र शेर मल्लले तीन तीन विकेट लिए। अरुण एेरीले २ विकेट लिए।

सुदुर पश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। विजयी टोलीका सन्जु दमाईले ५७, खडक बोहराले ४३ र गजेन्द्र बोहराले ३९ रन बनाए। सुदुर पश्चिमले ७८ रन जोड्दा पहिलो र एक सय ५६ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो। सुदुर पश्चिमले चार खेल खेल्नेक्रममा पहिलो जित हात पारेको हो। सुदुर पश्चिम पनि पहिलो चरणबाटै बाहिरिने पक्का भइसकेको थियो।

माघ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्