२४ घन्टामा ३३९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ४ हजार ८ सय ५८ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्