कहाँ कति संक्रमित थपिए?

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापाका ३, सुनसरीका २, पर्साका ३, बारामा ३, महोत्तरीमा १, सप्तरीमा २, सर्लाहीमा १, काठमाडौँमा १३३, काभ्रेमा २, चितवनमा ३४, दोलखामा १, धादिङमा २, भक्तपुरमा ८, मकवानपुरमा १ र ललितपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २३, तनहुामा ३, नवलपरासी पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा १, म्याग्दीमा ३, लमजुङमा १, बाग्लुङमा ५, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५, रोल्पामा १, कञ्चनपुरमा २, कैलालीमा २, डढेलधुरामा २, बाजुरामा १, बैतडीमा १ जना संक्रमित थपिएका छन्।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्