‘द कपिल शर्मा शो’ फेरि बन्द हुने, नेटफ्लिक्समार्फत नयाँ कार्यक्रम ल्याउँदै कपिल

चर्चित भारतीय हास्यप्रधान टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ फेरि बन्द हुने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार फेब्रुअरीको मध्यबाट केही समयको लागि कार्यक्रम बन्द गर्न लागिएको उल्लेख गरेको छ।
चर्चित कार्यक्रम प्रस्तोता, हास्य कलाकार कपिल शर्माको नाममा सञ्चालन भएको यो कार्यक्रममा किकु शारदा, कृष्णा अभिषेक, भारती सिंह, अर्चना पुरन लगायतका कलाकारहरु रहेका छन्।
दुई वर्षदेखि निरन्तर सञ्चालनमा आएको यो कार्यक्रम केही समयको लागि बन्द गरिने र पछि नयाँ स्वरुपमा ल्याउने तयारी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
यस्तै कपिल शर्माले आफू चाडै नै नेटफ्लिक्समार्फत नयाँ कार्यक्रम लिएर आउने बताएका छन्। उनले भनेका छन्, ‘ यो निकै राम्रो खुसीको कुरा हो। हल्लाको पछि नलाग्नुस् है। मलाई विश्वास गर्नुस्। चाँडै आउँदैछु नेटफ्लिक्समा।’
View this post on Instagram