गाईघाटमा खुल्‍यो १२औँ सामसङ्ग डिजिटल प्लाजा

काठमाडौँ–हिम इलेक्ट्रोनिक्स प्रा. लि, नेपालमा सामसङ्ग इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ।

सामसङ्ग उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूलेहिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ्ग प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो ।

हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरुम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स’को उद्घाटन गरेको छ ।

शोरूमको उद्घाटन हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका हुन्।

सामसङ्गप्लाजाले आफ्ना ग्राहकहरूलाई विभिन्न तरिकाहरू मार्फत सुविधा पुर्‍याइरहेको छ।

नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने,‘हामी हाम्रो नयाँ सामसङ्ग डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरुगर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ।’

सामसङ्गडिजिटल प्लाजामा सामसङ्गका अविश्वसनीय दायराका सबै उत्पादनहरू-एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध छन्।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदानगर्दै आइरहेको छ। यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ।

प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलार्इ विशेष ओपनिङ्ग अफरहरु पनिदिएको थियो।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्