हिमालयन बैंकले इस्टर्न एजेन्सीका ग्राहकलाई सहुलियत दरमा सवारी कर्जा उपलब्ध गराउने

काठमाडौँ – हिमालयन बैंकले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ।

बैंक र सो कम्पनीबिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन्।

हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुविधा उपलब्ध छ।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्