गर्भवति करिना कपूरका ५ तस्बिरहरु

बलिउड अभिनेत्री करीना कपूर खान अभिनयकला सँगै ‘फेसन सेन्स’ पनि चर्चित छिन्। हालै उनले गरेको एउटा फोटो सुट धेरैको ध्यान आकर्षणको विषय बनेको छ। उनले सन्तान जन्मने समय नजिकिँदै गर्दा आफ्नो मातृत्व प्रदर्शन हुने तस्बिर खिचाएकी छन्।

उनले इन्स्टाग्राममा ब्राण्डको लागि तस्बिर खिचाएकी छन् । ‘पिंक’ रंगको स्पोट्र्स ब्रा अनि ‘हाइ वेस्ट लेगिन्ज’ लगाएर खिचिएको तस्बिर आकर्षक देखिन्छ। उनले यो तस्बिर सबै महिलाको लागि साझा गरेकी हुन्। किनकी आफ्नो शरीर जस्तो भए पनि माया गर्नुपर्छ र यसलाई स्वीकार्नुपर्छ।

सुन्दरतालाई निश्चित आकार, प्रकारमा सीमित गरिएको अवस्थामा अभिनेत्रीले आफ्नो यो स्वरुप सबैलाई देखाएकी हुन्।

करिना कपूर दोस्रो पल्ट आमा बन्दैछिन्। उनको पहिलो सन्तान तैमुल अलि खान अहिले ४ वर्षका भएका छन्।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्