गणतन्त्र दिवसका दिन दिल्लीमा किसानहरु उत्रिए, प्रहरी हस्तक्षेपमा एक प्रदर्शनकारीको मृत्यु

भारतमा विवादास्पद तीन कृषि कानूनको विरोधमा  नयाँ दिल्लीमा प्रदर्शनरत  किसानहरुमाथी मंगलबार प्रहरीले गरेको बल प्रयोगमा एक जना प्रदर्जनकारीको ज्यान गएको छ। ट्याक्टरमा सवार ती प्रदर्शनकारी आफ्नो सवारीलाई घुमाउनेक्रममा ज्यान गुमाउन पुगेको बिबिसीले जनाएको छ।

विगत दुई महिनादेखि राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्ना तथा प्रदर्शन गर्दै आएका किसानले मंगलबार ७२ औँ गणतन्त्र दिवसको अवसर पारेर दिल्लीमा ट्रयाक्टर परेड गरेका छन् । पञ्जाब, हरियाणासहितका किसानले ट्रयाक्टर परेड गरेका हुन् ।

किसानलाई दिल्ली प्रवेशमा रोक लगाउनका लागि छेकबार लगाइए पनि किसानहरु सो अवरोध तोडेर सञ्जय गान्धी ट्रान्सपोर्ट नगरमा प्रवेश गरेका छन् ।

सुरक्षा खतरालाई मध्यनजर गरि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । किसानले प्रहरीले अश्रु ग्यास प्रहार गर्ने गाडी नियन्त्रणमा लिएका छन् ।

दिल्ली–गाजियाबाद सीमामा प्रहरीले अश्रु ग्यास प्रहार गरे पनि किसानहरु नगरमा प्रवेश गरेका छन्।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्