राप्ती गाउँपालिकाद्वारा ६४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान

दाङ-राप्ती गाउँपालिकाले ६४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल प्रदान गरेको छ।

गाउँ घरमा अझैं तिब्रताको साथ स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्य राखेर महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

‘हिडेर घर–घरमा पुग्न ढिला हुने भएकाले सजिलोको लागी साइकल दिइएको हो’ उनले भने-‘यो कार्यले स्वस्थ्य सेवा प्रदान गर्न थप मद्धत पुग्ने छ ।’

सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकी अन्तरगत रहेको ६४ जना स्वयंसेविकालाई साईकल दिइएको हो।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्न मद्धत पुगेको छ।

गर्भवती तथा सुत्केरी समेतको सहभागितामा ‘आमा समूह’गठन गर्ने, आमासमूहको विस्तार गर्दै जाने, कम्तीमा हरेक महिनाको एकपटक विभिन्न स्वास्थ्य समस्यामा बैठक बसाल्ने काम महिला स्वास्थ्य स्वयमसेविकाले गर्दै आएका छन्।

यस्तै वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्ने, यसैगरी स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण गर्ने र स्वास्थ्य सन्देश फैलाउनुकासाथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउदै आएका छन्।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्