आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १,खोटाङका १, झापाका ३, पाँचथरका १, मोरङका १, सुनसरीका १, धनुषाका १, सप्तरीमा १, काठमाडौँमा १३४, काभ्रेमा ७, चितवनमा १९, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७, मकवानपुरमा २ र ललितपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा ३, कास्कीमा ३२, गोरखाका २, तनहुँमा २, नवलपरासी पूर्वमा २, बाग्लुङमा ५, अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा ४, नवलपरासीका १, पाल्पामा ४, बर्दियामा १, बाँकेमा ५, रुपन्देहीमा ८, रोल्पामा १,दैलेखमा ३, सल्यानमा १ तथा बझाङमा ६ जना संक्रमित थपिएका छन्।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्