कराचीमा दक्षिण अफ्रिका २२० रनमा समेटियो, यासिरले तीन तथा साहिन र नौमनले दुई दुई विकेट लिए

पाकिस्तानविरुद्धको दुई टेस्टको शृंखलाअन्तर्गत पहिलो खेलको पहिलो पालीमा भ्रमणकारी दक्षिण अफ्रिका २ सय २० रनमा समेटिएको छ। दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न यासिर शाहले तीन तथा साहिन अफ्रिदी र नौमन अलीले दुई दुई विकेट लिए। हसन अलीले एक विकेट हात पारे।

दक्षिण अफ्रिकाका डिन एल्गरले सर्वाधिक ५८ रन बनाए। जर्ज लिण्डेले ३५, फाप डु प्लेसिसले २३, कागिसो रबडाले २१ तथा रस्सी भान डर डुसान र टेम्बा बावुमाले १७/१७ रन जोडे।

एक सय ३३ रन जोड्दा तीन विकेट गुमाएको दक्षिण अफ्रिकाले लगत्तै क्विन्टन डी कोकलाई गुमाएपछि लगातार दबाबमा आएको थियो। डी कोकले १५ रन जोडे।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्