कोरोना अपडेट: संक्रमित २ लाख ७० हजार ९२, निधन २ हजार १७, डिस्चार्ज २ लाख ६४ हजार ८२३

काठमाडौँ-नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ।

यस्तै हालसम्‍म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ भने  पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन् भने थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमा काठमाडौँमा १३४, भक्तपुरमा ७ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १,खोटाङका १, झापाका ३, पाँचथरका १, मोरङका १, सुनसरीका १, धनुषाका १, सप्तरीमा १, काठमाडौँमा १३४, काभ्रेमा ७, चितवनमा १९, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७, मकवानपुरमा २ र ललितपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा ३, कास्कीमा ३२, गोरखाका २, तनहुँमा २, नवलपरासी पूर्वमा २, बाग्लुङमा ५, अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा ४, नवलपरासीका १, पाल्पामा ४, बर्दियामा १, बाँकेमा ५, रुपन्देहीमा ८, रोल्पामा १,दैलेखमा ३, सल्यानमा १ तथा बझाङमा ६ जना संक्रमित थपिएका छन्।

हाल देशभर ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ५ सय ७४ पीसीआर परीक्षण भएको छ।

यसैगरी देशभर ७४९ जना कोरोना संक्रमितको आईसीयूमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्