नेपालले कतारसँग टीट्वेन्टी क्रिकेट शृंखला खेल्ने, फेब्रुअरी १ गतेदेखि टोलीको प्रशिक्षण

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारसँग टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ।

कतार स्पोर्टस डेका अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म टीट्वेन्टी शृंखला खेल्न त्यहाँको क्रिकेट बोर्डले नेपाल क्रिकेट संघ-क्यानलाई आग्रह गरेको थियो।

नेपाली टोलीको बन्द प्रशिक्षण फेब्रुअरी १ तारिखदेखि सुरु हुने छ। यसैबीच क्यानले प्रधानमन्त्री कप क्रिकेटको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ।

प्रतियोगिताको प्लेयर अफ दी सिरिजले ५० हजार तथा बेस्ट बलर र बेस्ट ब्याटरले जनही २५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ। यसैगरि सेमिफाइनलदेखिका प्लेयर अफ दी म्याचले पाँच हजार रुपैयाँ पाउने छन्।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्