सौर्य ऊर्जा परियोजनाबारे लगानी बोर्ड र राइजेन इनर्जी सिंगापुर जेभीबीच सम्झौता

काठमाडौँ-सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबिच समझदारीपत्र मंगलबार हस्ताक्षर भएको छ।

नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिनका लागि उक्त सम्झौता भएको हो।

सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ।

उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्‍न यग् मा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्वियाङले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र म्ँक्च् तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ।

२०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई डिएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्