आइएमई र शहरी खानेपानी तथा सरसफाई आयोजना मोरङ उपभोक्ता समितीबीच सम्झौता

काठमाडौँ–आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन्।

सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन्।

यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित हुनेछ।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्