बझाङमा खुँडा प्रहार गरेर युवकको हत्या

धनगढी – बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ।

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताए।

सोही गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहरीले जनाएको छ।

खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

विद्यालयमा भएको समितिको निर्वाचनमा कांग्रेस र नेकपा निकट दुई प्यानल बनेका थिए।

कांग्रेस निकट प्यानल निर्वाचित भएको थियो । हत्या गरिएका सिंह तरुण दलका सदस्य समेत हुन्।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्