फाइनल पुग्न पुलिसलाई एपीएफको २०४ रनको चुनौती

काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी बल-एपीएफले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको चुनौती दिएको छ।

एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोड्यो। एपीएफका शंकर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल  र कमलसिंह ऐरीले  १९/१९, शरद भेषावकरले १८ रन बनाए।

आरिफ शेखले तीन  तथा दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजबंशीले दुई दुई विकेट लिए। आरिफले १० ओभरमा एक मेडन राखेर ३१ रन खर्चिए। यो खेलको विजेताले नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने छ।

 

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्