फुटेर गए हामी पराजित हुनुकाे विकल्प छैन: वामदेव गाैतम

फाइल तस्बिर।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजित भएर आगामी निर्वाचनमा गए कम्युनिष्टको सरकार नबन्ने बताएका छन्।

उनले विभाजित अवस्थामा ओली र दाहाल दुवैले नेतृत्व गरेको पार्टी पराजित हुने दाबी गरे।

राष्ट्रिय एकता अभियानको घोषणा समारोहमा गौतमले भने, ‘कम्युनिष्ट पार्टीका मतदाता बाँडिए नेपाली कांग्रेसले बहुमत ल्याउने पक्का छ, हामीले केही ठाउँमा जिताैँला।’

उनले प्रधानमन्त्री समेत रहेका एक अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमत ल्याउने बताइरहे पनि त्यो सम्भव नरहेको बताए।

‘विभाजित अवस्थामा निर्वाचनमा गए हामी पराजित हुने भन्दा अर्काे विकल्प छैन’, गौतमले भने, ‘कम्युनिष्ट पार्टी फुटेपछिको दुःख हामी सबैले बुझेका छौँ ।’

गौतमले १३ वर्ष लगाएर एकीकृत गरेको पार्टी तीन वर्ष नहुँदै विभाजित अवस्थामा पुग्नु दुःखदायी रहेको बताए।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्