जलवायु परिवर्तनलाई विश्वव्यापी आपतकाल मान्छन् विश्वका दुई तिहाई मानिस

विश्वका झण्डै दुई तिहाई मानिसले जलवायु परिवर्तनलाई विश्वव्यापी आपतकालीन अवस्थाका रुपमा लिने गरेको एक अध्ययनले देखाएको छ ।

कोरोना भाइरसको महामारीका बाबजुद विश्वका धेरै मानिसले जलवायु परिवर्तनलाई गम्भीर विश्वव्यापी समस्याका रुपमा लिएको देखिएको हो।

जलवायु परिवर्तन तथा तापमान बृद्धिका सम्बन्धमा भएको अहिलेसम्मकै ठूलो सर्वेक्षणमा दुई तिहाई मानिसले जलवायु परितर्वनलाई मानव जगतका लागि गम्भीर समस्याका रुपमा लिएको देखिएको हो ।

विश्वका ५० देशका १० लाख भन्दा बढि मानिसमा गरिएको अध्ययनमा सहभागी मध्ये झण्डै आधा १४ देखि १८ वर्ष उमेर समूहका थिए।

वन तथा जमिनको संरक्षण जलवायु परिवर्तनको प्रमुख उपायका रुपमा चर्चित रहेको पाइएको अध्ययनमा उल्लेख छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्