तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप

फाइल फोटो

तनहुँ: कोभिड–१९ विरुद्धको खोप आजदेखि तनहुँमा शुरु गरिएको छ । जिल्लाभरिका एक हजार ६७९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

जिल्लामा चार नगरपालिका र छ गाउँपालिका रहेका छन्। जसअनुसार व्यास नगरपालिकामा–५५८, शुक्लागण्डकी नगरपालिकामा–२६७, भीमाद नगरपालिकामा–१७७ र भानु नगरपालिकामा–१७१ जना स्वास्थ्यकर्मी रहेका छन् ।

त्यसैगरी बन्दीपुर गाउँपालिकामा–१५, ऋषिङगाउँपालिकामा–९८, देवघाट गाउँपालिकामा–८७, म्याग्दे गाउँपालिकामा–८२, आँबुखैरेनी गाउँपालिकामा–७३ र घिरिङगाउँपालिकामा–६१ गरी कूल एक हजार ६७९ जना स्वास्थ्यकर्मीलाई उक्त खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

आजदेखि शुरु भएको यो अभियान माघ १९ गतेसम्म सञ्चालन गरिनेछ । उनले भने, “सबै तहका स्वास्थ्यकर्मीहरु दमौली अस्पतालमा नै आएर खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ ।”

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्