काठमाडौँ उपत्यकामा थप १४५ जनालाई कोरोना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन्।

हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्