महिला राष्ट्रिय लिग फुटबलमा कुसुमको ह्याट्रिक, विराटनगरको पहिलो जित

काठमाडौँ- राजधानीमा जारी महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिकाले पहिलो जित हात पारेको छ।
बुधबार भएको खेलमा विराटनगरले रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० गोलले हरायो। विराटनगरका लागि कुसुम खतिवडाले ह्याट्रिक गरिन्।
थप दुई गोल अनु राई र सरिता शेर्पाको नाममा रह्यो। १२ औँ मिनेटमा खेलको पहिलो गोल गरेकी कुसुमले लगातार दुई मिनेटमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन्। उनले ६९ र ७० औँ मिनेटमा गोल थपेकी थिइन्।