हुम्लामा २९ जना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइयो

सिमकोट-जिल्ला स्वास्थ्य सेवा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु भएको छ। कार्यालयले सरोकारवाला पक्षको रोहवरमा उक्त खोप लगाउन सुरु गरेको हो।

स्वास्थ्य सेवा कार्यालय अन्‍तर्गतको अस्पतालमा कार्यरत सिनियर अनमी सरिता बोहराले कोरोना बिरुद्धको खोप लगाउन सुरु भएको बताइन्। बुधवार स्वास्थ्य सेवा कार्यालय अन्तर्गतका २९ जनालाई खोप लगाउने कार्य सम्पन्न भएको उनले बताइन्। पहिलो खोप चिकित्सक टसी आङ्जु लामाले लगाएका थिए।

उनी खोप लगाउने कार्यमा खटिएकी छन्। जिल्लामा आइपुगेको उक्त खोप पहिलो चरण् स्वास्थ्य सेवा कार्यालय अन्तर्गतका सबै चिकित्सक तथा स्वास्थ्यकर्मी र सम्वन्धित कर्मचारीलाई लगाउने काम सुरु भएको खोप सम्पर्क व्‍यक्ति मान बहादुर रोकायाले बताए।

प्रदेशबाट हुम्ला जिल्लाका लागि १७३ भाईल खोप आएको र यसबाट एक हजार सात सय डोज भ्याक्सिन दिन सकिने छ। पहिलो चरणमा पाँच दिनभित्र जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेबिकाहरुलाई खोप दिने कार्यक्रम रहेको छ।

स्वास्थ्य सेवा कार्यालय र सात वटै गाउँपालिका गरि ३२० जना चिकीत्सक तथा स्वास्थ्यकर्मी र २४४ जना स्वास्थ्य स्वयम सेविका गरि ५६४ जनालाई पहिलो चरणमा खोप दिइने छ।

भ्याक्सिनलाई मौज्दात गर्न समस्या भएको कारण हुम्ला जिल्लामा एकवटा मात्र खोप केन्द्र निर्धारण गरिएको छ।अब हुम्लाका सबै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविकाले स्वास्थ्य सेवा कार्यालयको अस्पतालमा आएर खोप लगाउनु पर्नेछ।

बाँकी खोप तापक्रम व्‍यस्थापन गरि राखेर खोप लगाएको २८ दिनपछि उनीहरु सबैलाई पून खोप लगाइनेछ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्