कोरोना अपडेटः संक्रमित २ लाख ७० हजार ३७५, निधन २०२०, डिस्चार्ज २ लाख ६५ हजार ६९

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १, सुनसरीमा १, धनुषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १, सिरहामा १, काठमाडौँमा १२२, काभ्रेमा १, चितवनमा २७, दोलखामा २, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ९ र ललितपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा २३, गोरखाका २, तनहुँमा ३, नवलपरासी पूर्वमा १०, लमजुङमा १, बाग्लुङमा १, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, पाल्पामा २, बर्दियामा ४, बाँकेमा ९, रुपन्देहीमा ११, अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा ६, डोटीमा २ र बैतडीमा १ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ। गत चौबीस घन्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।

हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्