झापामा ५३५ जनाले लगाए कोरोनाविरुद्धको खोप

झापा- बुधबार झापामा ५३५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

बुधबार खोप लगाउनेमा मेची अस्पताल भद्रपुरमा ४१ जना महिला र ३५ जना पुरुष गरी ७६ जना रहेका छन्।

त्यसैगरि अनारमनी अस्पताल विर्तामोडमा २०३ जना महिला र १११ जना पुरुष गरी ३१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

दमक अस्पतालमा ७३ जना महिला र ७२ जना पुरुष गरी १४५ जनाले कोरोना खोप लगाएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।

मेची अस्पताल भद्रपुरका चिकित्सक डा. मनिष सुवेदीले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका थिए।

झापाको तीन वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरु गरिएको हो।

झापाको मेची अस्पताल, अनारमनी अस्पताल र दमक अस्पतालबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिए।

दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन चौंलागाईले लगाएका थिए।

तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोप मनोज भट्टराई र पाँचौ खोप ल्याव टेक्निसियन रमेश भण्डारीले लगाएका थिए।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्