पारिश्रमिकबारे होटल व्यवस्थापन र कामदारबीच नयाँ सहमति, पाँचतारेले ५ हजार र चारतारेले ४ हजार रुपैयाँ दिने मासिक तलब

काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण नराम्ररी थलिएको होटल व्यवसायको निरन्तरताका लागि व्यवस्थापन र कर्मचारी तथा कामदारबीच नयाँ सहमति बनेको छ।

होटल एसोसिएसन अफ नेपाल-हान र क्रियाशली मुख्य तीनवटा ट्रेड युनियनबीच मंगलबार सन् २०२१ को डिसेम्बर ३१ तारिखसम्म लागू हुने गरी नयाँ सम्झौता भएको छ। पछिल्लो सम्झौता गत पुस १६ गते सकिएको थियो।

सहमतिअनुसार कामदारलाई पाँचतारे होटल तथा रिसोर्टले मासिक पाँच हजार रुपैयाँ दिने छन्। यसैगरी चारतारे होटल तथा रिसोर्टले चार हजार, तीनतारे होटल तथा रिसोर्टले ३ हजार, दुई तारे होटल तथा रिसोर्टले २५ सय र एक तारे होटल तथा रिसोर्टले २ हजार रुपैयाँ मासिक पारिश्रमिकका रुपमा कामदारलाई उपलब्ध गराउने छन्।

पर्यटकस्तरीय होटल तथा रिसोर्टमा काम गर्ने कर्मचारीलाई आपसी समझदारीमा पारिश्रमिक दिने सम्झौता भएको जनाइएको छ।

यो सम्झौता अवधिभर चाडपर्व खर्च, बोनस र भ्रमण पत्ता कर्मचारी तथा कामदारलाई उपलब्ध हुने छैन।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्