माघ १९ गते संसद विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न तरुण दलको परिपत्र

काठमाडौँ– नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध अगामी माघ १९ गते विरोध प्रदर्शन गर्न ७७ वटै जिल्लामा परिपत्र गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार माघ १९ गते सबै भातृ संगठनहरुलाई संयुक्त रुपमा विरोध प्रदर्शन गर्न तरुण दलले परिपत्र गरेको हो।

‘नेपाल तरुण दल त्यस जिल्ला समितिले नेपाली कांग्रेस जिल्ला समितिसँग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भातृ संस्थाहरुको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न यो परिपत्र गरिएको छ’, तरुण दलले भनेको छ।

यस्तै नेपाल तरुण दलले माघ १६ गते शहिद दिवसको अवसरमा शहिदहरुको सम्मानमा कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न रचनात्मक एवं सिर्जजनात्मक कार्यक्रम गर्ने जनाएको छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्