१० वटा फर्मका सञ्चालकविरुद्ध एक अर्बभन्दा बढी राजस्व छली गरेको आरोप

काठमाडौँ- राजस्व अनुसन्धान विभागले १ अर्बभन्दा बढी राजस्व छली गरेको दावीसहित सर्लाहीका एक व्यवसायीविरुद्ध बुधबार मुद्धा दर्ता गरेको छ।

सर्लाहीको गोडैता नगरपालिका-८ का सरोजकुमार मिश्रले एक अर्ब, ४ करोड, २४ लाख ९९ हजार ७ सय २८ रुपैयाँ राजस्व छलेको दावी गरिएको छ।

मिश्र १० वटा फर्मका सञ्चालक हुन्। उनले मूल्य अभिवृद्धि कर ३४ करोड, ८ लाख ५४ हजार पाँच सय ४ रुपैयाँ, आयकर ६४ करोड ८९ लाख १८ हजार ८५ रुपैयाँ र लाभांश कर ५ करोड २७ लाख २७ हजार एक सय ३९ रुपैयाँ छलेको विभागको दावी छ।

विभागले यसमा मिश्रसहित १० जनालाई मुख्य अभियुक्त र ७ जनालाई मतियारका रुपमा मुद्धा दर्ता गरेको छ।

मुख्य अभियुक्तका रुपमा उमाशंकर सहनीविरुद्ध ३४ करोड ६ लाख ५८ हजार एक सय ३१ रुपैयाँ, जयकिशोर शाहविरुद्ध ५० करोड ५६ लाख ७२ हजार ९ सय १० रुपैयाँ, परमेश्वर शाहविरुद्ध ५० करोड ५६ लाख ७२ हजार ९ सय १० रुपैयाँको बिगोसहित मुद्दा दायर गरिएको छ।

उमाशंकर राय भरविरुद्ध २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रुपैयाँ, हिरालाल हजाराविरुद्ध पाँच करोड १७ लाख ७७ हजार ७ सय २६ रुपैयाँ, वीरेन्द्रकुमार चौधरीविरुद्ध पाँच करोड १७ लाख ७७ हजार ७ सय २६,  रामबाबु सहनीविरुद्ध ६ करोड २६ लाख २१ हजार ४ सय ६१ , रामसुन्दर राय भरविरुद्ध एक करोड २१ लाख १ हजार २ सय ८६ र राजकिशोर सहनी मलाहविरुद्ध १४ करोड ३१ लाख ७७ हजार ८ सय ५२ रुपैयाँ बिगो माग गरेर मुद्धा दर्ता गरिएको छ। यी सबै अभियुक्त हुन्।

कर सहयोगी र लेखा परिक्षकका रुपमा अन्य सात जनालाई मतियारका रुपमा मुद्धा दर्ता गरिएको छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्