रेडपाण्डाको छालासहित तीनजना पक्राउ

नेपालगञ्ज– बाँके प्रहरीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार कोहलपुरको चप्परगौडीस्थित दैलेखी होटलको ११३ नम्बर कोठाबाट रेडपाण्डाको छालासहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुर्खेतका दलबहादुर शाही, जाजरकोटका धनबहादुर शाही र सल्यानका भरतबहादुर पुन रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरी होटलमा पुगेको थियो। तीन जनाको झोला खानतलासी गर्दा दुई थान रेडपाण्डाको छाला बरामद भएको हो।

प्रहरीले रेडपाण्डाको छालासहित तीन जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाइदिएको जनाएको छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्