काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले ‘म नागरिक’ आन्दोलन गरेको छ ।

नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

बिहीबार भएको प्रदर्शनमा सहभागीहरुले नागरिकले विधिको शासन, बलियो लोकतन्त्र, इमानदार नेता र नागरिकमुखी कार्य चाहेको सन्देश जाने प्लेकार्ड बोकेका थिए ।

यस्तै उनीहरुले कमलपोखरीको संरक्षणको पक्षमा पनि आवाज उठाएका छन् ।