सीजी मोटोकर्पले माघ १७ गते ‘सुपर स्याटरडे’ आयोजना गर्ने

काठमाडौँ-नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’ को आयोजना गर्ने भएको छ।

यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ। ‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउने कम्पनीले जनाएको छ।

यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ।नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ।

हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ।

माघ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्