नेशनल लाइफ इन्स्योरेन्सले मनायो ३२औं वार्षिक साधारण सभा, ३५ करोड खुद मुनाफा

काठमाडौँ-नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको 32औं वार्षिक साधारण सभा बिहीबार सम्पन्‍न भएको छ।

कम्पनीका अध्यक्ष प्रेमा सिंहले २०७५/०७६ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउदै कूल बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भइ ८०५.०५ करोड पुगेको र ३५ करोड खुद मुनाफा आर्जन गरेको सभामा जानकारी जानकारी दिइन्।

यसै गरी आ.व.२०७५/०७६ को अन्त सम्ममा कम्पनीको कुल लगानी 27.९४ प्रतिशतले बृद्धि भई 2,681 करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अरब ९२ करोड पुगेको जानकारी दिइन्।कम्पनीले सो आ.व.मा .२६९ करोड कूल दावी भुक्तानी गरेको छ।

सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कूल चुक्ता पूँजी .३ अरब ३९ करोड नाघेको बताइन्।

कम्पनीको आ.व.२०७५÷०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीले जनाएको छ।

३२ औं वार्षिक साधारण सभाले आ.व. २०७५÷०७६ को लागि चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर जारी गर्ने र वोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ६२ लाख २४ हजार ३ सय ५१ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

यस्तै आ.व.२०७५÷०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले ब्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर वृद्धिमा विशेष जोड दिएको सभामा अवगत गराए।

कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा उल्लेख गरिन्।

लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसवाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले बताइन्।

व्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना सञ्चालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग
पुर्‍याएको अवगत गराइन्।

माघ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्