कोरोनाबाट सिनियर अनमी भारतीको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट सिनियर अनमी रमा भारतीको मृत्यु भएको छ।

बाँकेको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४२ वर्षीया भारतीको कोरोनाबाट शुक्रबार बिहान मृत्यु भएको हो।

भारतीको कोरोना भएको पाँचौ दिन मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय, बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भारती बर्दिया स्वास्थ्य प्रमुख गोकर्ण गिरीकी श्रीमती हुन् ।

भारतीको शवलाई बर्दिया लगिएको छ। उनको मगरागढीमा घर रहेको छ। जब्दीघाटमा दाहसंस्कार गर्ने घरपरिवारले बताएका छन्।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

माघ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्