भारतमा कोरोना भाइरस संक्रमितको संख्‍या एक करोड ७ लाख २० हजार भन्दा बढी

नयाँदिल्ली-भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ।

विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार १० जना पुगेको छ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ९४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ।हाल भारतमा एक लाख ७१ हजार ६८६ सक्रिय सङ्क्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ। भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८३५ को मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ।भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ५० लाख ८१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ।बिहीबार एकै दिनमा मात्र सात लाख ४२ हजार ३०६ जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ।

माघ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्