एभरेष्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिदैँ यो सम्झौता गरिएको बैंकले जनाएको छ।

यस सम्झौता अनुसार बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार कीर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार तथा अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिकाबिच हस्ताक्षर गरेका हुन्।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल बैंकको ७ ओटै प्रदेश गरी १०० शाखा कार्यालय , ३१ राज्वस्व सङ्कलन काउन्टर तथा १३१ स्थानमा एटिएम काउन्टर रहेका छन् ।

 

माघ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्